×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोटरसाइकलको भन्सार महशुलमा भारी वृद्धि, ८० प्रतिशतसम्म भन्सार दर लगाउने घोषणा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मोटरसाइकलको भन्सार महशुलमा भारी वृद्धि, ८० प्रतिशतसम्म भन्सार दर लगाउने घोषणा !

Artha Sarokar

१६ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले मोटरसाइकलको भन्सार महशुलमा भारी वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मोटरसाइकलमा ८० प्रतिशतसम्म भन्सार दर लगाउने घोषणा गरेका हुन् । अगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत २ सय सीसी माथिका मोटरसाइकलमा भन्सार दर भारी मात्रामा बढाएका हुन् । २०० सीसीभन्दा कम क्षमताको मोटरसाइकलमा भने यसअघिकै ३० प्रतिशत भन्सार दर स्थिर राखिएको छ ।

आर्थिक ऐन अनुसार २ सयदेखि २५० सीसीसम्मका मोटरसाइकलमा १० प्रतिशत भन्सार दर र २० प्रतिशत अन्तःशुल्क बढाईएको छ । २ सयदेखि २५० सीसीसम्मका मोटरसाइकलमा अब ४० प्रतिशत भन्सार लाग्ने भएको छ । २५१ सीसीदेखि ५ सय सीसी सम्मका मोटरसाइकलमा यसअघि ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको थियो।  अब त्यसमा ४० प्रतिशत थप बढाएर ७० प्रतिशत पुर्याइएको छ भने अन्तशुल्क ८० प्रतिशत बनाईएको छ  ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी