Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास र मेराकी होलिस्टीक वेलनेस रिट्रिट बीच सम्झौता, बैंकका ग्राहकहरुलाई विशेष छुट

अर्थ सरोकार

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन बूढानीलकण्ठ स्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिट (Meraki Holistic Wellness Retreat ) सँग विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रम बीच सम्झौता गरेको छ । काठमाडौं जिल्लाको बूढानीलकण्ठमा निकै शान्त र प्राकृतिक सौन्दर्यको बीचमा रहेको मेराकी होलिस्टीक वेलनेस रिट्रिटले स्पा सम्बन्धी विभिन्न थेरेपी पनि प्रदान गर्दै आएको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट, संस्थागत मामिला विभाग बसन्त बक्शी र अन्य कर्मचारीहरुको उपस्थिति तथा मेराकी होलिस्टीक वेलनेस रिट्रिट को तर्फबाट रेसिडेन्ट म्यानेजर अरुण कुमार झा र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बूढानीलकण्ठमा रहेको मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ ( बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK