×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अन्तत: तुहिएरै छोड्यो एनबि बैंकको आन्दोलन, नबिलमा जानेहरु घटुवा भएर जाने, भीआरएस पनि गतिलो दिइएन…

काठमाडौँ । बैंकलाई चर्को दबाब दिन्छौँ भन्ने शैलीमा नेपाल बंगलादेश बैंकको कर्मचारी युनियनले सुरु गरेको आन्दोलन अन्तत: तुहिएको छ । बैंकका पूर्व सीइओ ज्ञानेन्द्र ढुंगानासहितको बैंकको व्यवस्थापन टिमले युनियनका अध्यक्षलाई सचेत, र दबाब एकै पटक दिएपछि अन्तत: सो आन्दोलन तुहिएको हो । अव बैंकविरुद्ध अहिलेकै अध्यक्षको नेतृत्वमा कुनै पनि आन्दोलन नहुने लगभग पक्कापक्की भएको छ । यसरी कुनै पनि माग पूरा नभई नेपाल बंगलादेश बैंकको कर्मचारी युनियनको आन्दोलनको दुखद् अवसान भएको हो । यसअघि आफ्ना माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको युनियनले अन्तत: सबै आन्दोलनका कार्यक्रम स्थगित गरेपछि अव बैंकमा आन्दोलन नहुने पक्कापक्की भएको छ ।

नबिलमा जाने सिनियर कर्मचारी सबैको घटुवा हुने, भीआरएस पनि गतिलो दिइएन   

अव नबिलमा जाने अफिसर तहभन्दा माथिका जो कोहि कर्मचारीको घटुवा रोक्न सक्ने स्थिति कसैमा देखिएन । अव नबिल जाने वा नजाने विकल्प रोज्नेहरुमध्ये ५० बर्षभन्दा माथि उमेर पुगेका वा १५ बर्षसम्म बैंकमा काम गरेकाहरुलाई भीआरएसको विकल्प छ । बैंकले सोमबार ल्याएको भीआरएस स्किमअनुसार बैंकमा गरिएको कामको अनुभव र कर्मचारीको उमेर हेरेर केहि महिनाको तलव लिएर घर जान सक्नेगरी लगायतका स्किम ल्याएका छन् । घटुवा भएर नबिल जान नचाहाने र नेपाल बंगलादेश बैंकमा १५ बर्षभन्दा कम काम गरेका ५० बर्ष मुनिका कर्मचारीहरु रित्तो हात घर फर्कनेछन् । वा उनीहरुसँग नबिलमा घटुवा भएर जानेबाहेक् अन्य कुनै विकल्प छैन । भीआरएस स्किम जस्तो दिएको छ, त्यस्तै दिनेगरी अव प्राय सिनियर मेनेजमेन्टका सबैले जागिर छोड्ने भएका छन् । बैंकका सिनियर कर्मचारी र हालका डेपुटी सीइओ सुरेन्द्र भुषण श्रेष्ठसहित बैंकका माथिल्लो तहका कर्मचारीमध्ये सबैले बैंकको जागिर छोड्ने लगभग पक्कापक्की भईसकेको छ ।

सम्भावना यस्तो पनि

नबिलमा बिलय हुँदै गर्दा नेपाल बंगलादेश बैंकका पूर्व सीइओ ज्ञानेन्द्र ढुंगानालाई सीइओ बनाउने भद्र सहमति छ । तर केहि समयपछि अवकाश लिंदै गरेका बिनय रेग्मीलाई सीइओ बनाउनुपर्ने माग नबिलभित्र उठेपछि ढुंगानासँग भएको सहमति तोडेर बिनय रेग्मीलाई नै सीइओ बनाउँदा कसो होला भन्ने विषय पनि नबिलका संचालकबीच छलफलको विषय बनिरहेको छ । कतिपयले प्राप्ति प्रक्रियामा एनबिका तर्फबाट ढुंगानाले निकै राम्रो भूमिका खेलेकाले धोका दिनु हुँदैन भन्ने राय व्यक्ति गरेका छन् भने कतिपयले सीइओचाहिं नविलकै राख्नुपर्छ भनिरहेका छन् । यो समाचार तयार गर्दासम्म नबिल बैंक स्रोतले ज्ञानेन्द्र ढुंगानालाई नै सीइओ बनाउने पक्कापक्की लगभग भईसकेको जानकारी  दिएको छ । यद्यपी ढुंगानालाई नल्याएर रेग्मीको नेतृत्वमा बैंक अगाडी बढ्ने स्थिति पनि नहोला भन्न सकिन्न । अर्कोतर्फ ढुंगानालाई नबिल आउन रोक्नका लागि नबिलका केहि उच्च तहका कर्मचारीहरु ढुंगानालाई राष्ट्र बैंकले एक केसमा गरेको कारवाहीको आफुअनुकुल व्याख्या गरिरहेको चर्चा पनि नबिलभित्र छ । यसकारण पनि अन्तिम निर्णय नहुन्जेलसम्म यसो नै होला भन्न सकिने अवस्था छैन ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: