×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकको मुद्धा ‘हेर्न नमिल्ने’मा, अव के हुन्छ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल बंगलादेश बैंकको मुद्धा ‘हेर्न नमिल्ने’मा, अव के हुन्छ ?

Artha Sarokar

४ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जरको मुद्दाको सुनुवाइ फेरी सरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलास तोकिएकोमा वहस गर्ने वकिल उपस्थित हुन नसक्दा बुधबारलाई सुनुवाइ सरेको थियो । बुधबार सो मुद्धालाई ‘हेर्न नमिल्ने’ भनिएको छ। न्यायाधीसद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको इजलाशमा परेको सो मुद्धालाई बुधबार ‘हेर्न नमिल्ने’ भनी उल्लेख छ ।

लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै मुद्दा हालेको थियो । कम्पनीले हालेको रिटमा एकल इजलासले मंगलबारसम्मका लागि मर्जर प्रकृया रोक्न आदेश दिएको थियो ।

अव के हुन्छ ?

अव अदालतले अरु न्यायाधीसको इजलाशमा मुद्धा राखेर नयाँ तारेख दिन्छ । सो मितिमा वादी र प्रतिवादीलाई संगै राखेर छलफल हुन्छ । त्यसपछि हुने बहसपछि अदालतले फैसला गर्छ । फैसलापछि यो प्रकरण के हुन्छ भन्ने कुराको टुंगो लाग्छ । तर यो प्रकरणमा अदालतका केस लम्बिरहेको अवस्थामा अव नेपाल बंगलादेश बैंकको विशेष साधारणसभा भने रोकिने देखिन्छ । यस विषयमा नेपाल बंगलादेश बैंकले पनि कानुनी परामर्श लिईरहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी