×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल-एनबी मर्जरको मुद्दा : वकिल उपस्थित नहुँदा सुनुवाइ सर्यो, ४ गतेलाई डाकियो इजलास !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नबिल-एनबी मर्जरको मुद्दा : वकिल उपस्थित नहुँदा सुनुवाइ सर्यो, ४ गतेलाई डाकियो इजलास !

Artha Sarokar

३ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जरको मुद्दाको सुनुवाइ सरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलास तोकिएकोमा वहस गर्ने वकिल उपस्थित हुन नसक्दा बुधबारलाई सुनुवाइ सरेको हो ।

अघिल्लो एकल इजलासले मंगलबारका लागि सुनुवाइ तोकेको थियो । इजलासले अन्तरिम आदेश दिएमा तत्कालका लागि मर्जर नहुने भएको छ भने नदिएमा प्रकृया अगाडि बढ्ने भएको छ।

लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै मुद्दा हालेको थियो । कम्पनीले हालेको रिटमा एकल इजलासले मंगलबारसम्मका लागि मर्जर प्रकृया रोक्न आदेश दिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी