काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आज बिहिबारदेखि संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले वैशाख २९ गते बिहिबारदेखि ७९ हजार ८७३ कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा आवेदन दिने अन्तिम म्याद असार १ गतेसम्म रहेको छ । कम्पनीले यसको भाउ प्रतिकित्ता १ हजार रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबीएल एस लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्