काठमाडौँ । नबिलसँग बिलय हुँदा सबै सिनियर कर्मचारीको एक तह घटुवा हुनेगरी नेपाल बंगलादेश बैंकले सम्झौता गरेपछि रुष्ट बनेका कर्मचारीको आन्दोलन तुहिने संकेत देखिएको छ । शुक्रबार ‘आगो’ भएर प्रस्तुत भएका कर्मचारी युनियन अधिकारीहरु आइतबारको एक दिनको आन्दोलन नसकिंदै सिथिल हुँदै गएपछि आन्दोलन तुहिने संकेत देखिएको हो । संघले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी गर्ने भनेको थियो । तर आइतबार नै आन्दोलन तुहिनेगरी व्यवस्थापन र युनियनका नेताबीच छलफल भएको बुझिएको छ ।
‘आन्दोलनका कार्यक्रम अगाडी नबढाउने निष्कर्षनजिक छौं’ : युनियनका अध्यक्ष
आन्दोलन लगभग स्थगित हुने स्थितिमा पुगीसकेको दाबी व्यवस्थापनले गरेपछि हामीले यस विषयमा बुझ्न बैंकको कर्मचारी युनियनका अध्यक्ष योगेश श्रेष्ठलाई फोन गरेका थियौं । उनले पनि अहिले आन्दोलनका कार्यक्रम अगाडी नबढाउनेगरी स्थिति उत्पन्न भएको दाबी गरेका छन् । ‘तपाईंहरुको आन्दोलन कसरी अगाडी बढ्दैछ ?’ अर्थ सरोकारको प्रश्नमा युनियनका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘आन्दोलनका थप कार्यक्रम अगाडी नबढाउने स्थिति उत्पन्न भएको छ ।’ ‘भनेको आन्दोलन स्थगित भएको हो ?’ हाम्रो प्रश्नमा उनले भने, ‘स्थगित नै चाहिं नभनौँ । व्यवस्थापनसँग वार्ता हुँदैछ । सरहरु पोजिटिभ हुनुहुन्छ । थप केहि भयो भने मनै हजुरलाई फोन गरौँला ।’ उनले आइतबार बेलुकी यसो भनेपछि हामीले वार्ता के भएछ भनेर बुझ्न उनलाई सोमबार विहान फोन गर्यौं । तर उनले फोन नै उठाएनन् । यसले आन्दोलन लगभग तुहियो भन्ने आशंका गर्ने ठाउँ छ ।
नबिलले एनबिको व्यवस्थापनलाई भन्यो, ‘सकेसम्म फकाएर, नभए थर्काएर पनि आन्दोलन तुहानुहोस’
यता नबिल बैंकको व्यवस्थापनले एनबिको व्यवस्थापनलाई कर्मचारीको आन्दोलन तुहाउन मौखिक निर्देशन दिएको छ । ‘हाम्रो बैंकले एनबिलाई कर्मचारीको आन्दोलन तुहाउन भनिसक्यौं । उहाँहरुले पनि लगभग कुरा मिलिसक्यो भनिसक्नुभएको छ ।’ नबिल बैंकको उच्च व्यवस्थापनका एक अधिकारीले अर्थ सरोकारसँग भने, ‘यस्तो बखेडा निस्कियो भने र यति पनि ज्ञानेन्द्र (ढुंगाना)जी ले मिलाउन सक्नुभएन भने यत्रो नबिल कसरी सम्हाल्नुहुन्छ ?’
आफ्नो नाम उल्लेख नगरी आफ्ना सबै कुरा समाचारमा राखिदिन आग्रह गर्दै उनले अगाडी भने- ‘अनि एनबि बैंकका कर्मचारीको माग पूरा हुने सम्भावना के छ ?’ हाम्रो प्रश्नमा ती अधिकारीले भने, ‘१ प्रतिशत पनि छैन । सबैले आफ्नो हैसियतअनुसार खोज्ने हो । अहिले एक तह घटुवा गर्ने निर्णय भएको छ । निहुँ खोजे भने दुई तह घटुवाको निर्णय हुन्छ । १ नम्बर बैंकसँग पुछारबाट गन्ती हुने बैंक बिलय हुने अनि भागचाहिं ठुलो खोजेर हुन्छ ? अहिलेलाई एक तहमात्र भनेका छौं । बखेडा झिके भने २ तह घटुवा हुन्छ । खानेले जागिर खान्छन् । नखाने घर जान्छन् ।’
‘अनि आन्दोलन जारी भयो भने के हुन्छ ?’ हाम्रो प्रतिप्रश्नमा ती अधिकारीले भने- ‘केहि पनि हुँदैन। आन्दोलनको नेतृत्व गर्ने को हो ? उसले भोलि जागिर खानु पर्दैन ? बैंकमा काम गरेपछि जे गर्न पनि पाइन्छ ? त्यस्तो एनबिमा चल्ला, नबिलमा चल्दैन । ठुला कुरा गर्नेलाई के गर्नुपर्छ, हामीले पनि जानेका छौँ । मैले पनि मागपत्र हेरें । आमरण अनशन नै बसेछन् भने पनि घटुवाको निर्णय फिर्ता हुँदैन।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्