काठमाडौँ । आइतबारबाट नेपाल बंगलादेश बैंकका कर्मचारीले आन्दोलन सुरु गरेका छन् । नबिलसँग बिलय हुने सम्झौता गर्दा सबै सिनियर कर्मचारीको एक तह घटुवा हुने भएपछी नेपाल बंगलादेश बैंक लिमिटेड कर्मचारी संघले त्यसको विरोध गर्दै आन्दोलनका कार्यक्रम सुरु गरेको हो । नबिलसँग नेपाल बंगलादेश बैंक बिलय हुने सम्झौता भईसकेको छ भने दुवै बैंकले यसका लागि विशेष साधारण सभासमेत बोलाईसकेका छन् । विलयका क्रममा एनबिका सबै सिनियर कर्मचारीको एक तह घटुवा गर्ने विषयमा एनबि तयार भईसकेको छ ।
कर्मचारी र व्यवस्थापनबीच बाझाबाझ
यसैबीच बैंकले गरेको निर्णयविरुद्ध एनबिका कर्मचारीहरुले आन्दोलन सुरु गर्नु अघि बैंकको सिनियर व्यवस्थापनलाई सम्झौता गरिएअनुसारको घटुवा आफुहरुलाई स्वीकार्य नहुने र त्यसलाई यथाशीघ्र फिर्ता लिन दबाब दिएका थिए । यहि कुरा गर्नका लागि केहि दिन अघि एनबिका कर्मचारीले कामु सीइओको कार्यकक्ष घेरेका थिए । त्यसपछि बैंकका कामु सीइओ भुपेन्द्र पाण्डेले विवाद मिलाउनका लागि शुक्रबार दिउँसो २ बजे आकस्मिक बैठक बोलाएका थिए । बैठकमा बैंकका पूर्व सीइओ र नबिल बैंकमा बिलय भएपछी बन्ने नयाँ नबिलमा सीइओ हुन लागेका ज्ञानेन्द्र ढुंगानासमेत सहभागी थिए । उनले १ नम्बरको बैंकसँग र सार्है तल रहेको बैंक बिलय हुँदा १ तह घटुवा हुँदा खासै फरक नपर्ने तर्क गरेपछि कर्मचारी झन् रुष्ट भएका थिए । उनीहरुले सो वेविनारमै पनि ढुंगानाको आलोचना गर्न भ्याएका थिए । शुक्रबार कुरा नमिलेपछि कर्मचारी संगठनले व्यवस्थापनलाई एउटा पत्र लेख्दै आइतबारबाट आन्दोलन हुने भनेको थियो । सोहि अनुसार आइतबार दिउँसोभर बैंकका कर्मचारीले कालोपट्टी बाँधेर व्यवस्थापनको निर्णयको विरोध गरेको थियो । आइतबार दिउँसोसम्म उनीहरुले बैंकको मर्जर कमिटीविरुद्ध अदालतमा समेत मुद्धा हाल्ने तयारी गरेका छन् ।

आन्दोलनले पूरा होला त कर्मचारीको माग ?
कर्मचारीहरु यति बेला आन्दोलनमा छन् । आन्दोलनको कार्यक्रम अनुसार कर्मचारीले बैशाख २५ गते अपरान्ह ३ बजेदेखि ५ बजेसम्म हातमा कालोपट्टी बाधेर काम गरेका छन्। बैशाख २६ गते र २७ गते बिहान १० बजेदेखि ५ बजेसम्म हातमा कालोपट्टी बाधेर काम गर्ने तथा ब्यानर टास्ने कार्यक्रमसमेत संघले तय गरेको छ । ‘ग्राहकलाई कुनै पनि असुविधा नहुनेगरी आन्दोलनका कार्यक्रम तय भएका छन् ।’ एनबिको कर्मचारी संगठनका एक अधिकारीले भने, ‘माग पूरा नभए झनै कडा कदम चाल्छौँ ।’ संघले कर्मचारी समायोजन हुँदा समान पद र हैसियतको माग गरेको छ, जुन नबिल बैंक दिन तयार नै छैन । साथै संघले आकर्षक स्वेच्छिक् अवकाश योजना लागु गरिनु पर्ने, कर्मचारीको सेवा शर्त सुबिधा मर्जर पश्चात समान कायम गरिनु पर्ने, सहयोगि तहका कर्मचारीहरुको रोजगारीको सुनिश्चित गरिनु पर्ने र कर्मचारीको बृत्ति बिकासलाई निरन्तरता दिईनुपर्ने माग राखेको छ । जसका लागि पनि नबिल बैंक तयार छैन । नबिलकै इक्षा अनुसार एनबिका टप सिनियर कर्मचारीहरुलाई भीआरएस दिएर बिदा गर्ने र बाँकी कुनै पनि खालका एडजष्टमेन्ट नहुनेगरी व्यवस्था मिलाउन र आफ्ना कर्मचारीहरुलाई ‘मिलाउन’ भनिएको छ । नबिलले कर्मचारीको आन्दोलन तुहाउन जुनसुकै काम गर्नु तर भईसकेको सम्झौतामा कुनै पनि तलमाथि हुँदैन भनेर स्पष्ट निर्देशन एनबिलाई दिइसकेको नबिल बैंक स्रोतको दाबी छ ।
‘२७ नम्बरको बैंकले १ नम्बरको नबिलमा समान हैसियत खोजेर हुन्छ ? यो कुनै पनि हालतमा सम्भव छैन ।’ नबिल स्रोत भन्छ, ‘सबैले आफ्नो हैसियत अनुसारको खोज्ने हो नि । सबै कर्मचारीको घटुवा हुन्छ । कतिपयले नबिलमा आएपछि बढुवा हुन्छ कि हुँदैन भनेर सोध्नुभएको छ । सिधा भन्दा त्यो पनि लगभग २ बर्ष सम्भव छैन । हामी नबिलका कर्मचारीका बारे बढी चिन्तित छौं । एनबिका साथीहरु उफ्रेर केहि हुँदैन।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्