×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

एनबि बैंक लफडा : ज्ञानेन्द्र ढुंगानाका अगाडि युनियन अध्यक्ष `थुरुरु´? सोमबार आन्दोलनका कुनै कार्यक्रम किन भएनन्…?

BIZBAZAR
काठमाडौँ । आइतबारदेखि हातमा कालोपट्टी बाँधेर काम गर्ने देखि विभिन्न आन्दोलनका कार्यक्रम गर्ने भनेर सीइओलाई धम्क्याएको नेपाल बंगलादेश बैंक कर्मचारी यूनियनले सोमबार नै आन्दोलनका कार्यक्रम स्थगित गरेर नर्मल काम सुरु गरेको छ । सीइओलाई दिइएको जानकारी पत्रमा आइतबार ३ बजेदेखि ५ बजेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने, र, सोमबार र मंगलबार विहानै १० बजेदेखि हातमा कालोपट्टी बाँधेर काम गर्नेगरी आन्दोलनको कार्यक्रम तय भएको थियो । माग पूरा नभए थप आन्दोलनका कार्यक्रमहरुसमेत सार्वजनिक गर्ने संघले सीइओलाई दिएको जानकारी पत्रमा उल्लेख थियो । यतिसम्मकि युनियनका अधिकारीहरुले बैंकको मर्जर कमिटीविरुद्ध अदालत जानेसमेत तयारी गरेका थिए ।
तर सोमबार कुनै पनि आन्दोलनका कार्यक्रम भएनन् । के कर्मचारीको माग पूरा भयो त ? एक तह घटुवा गरेर नबिल जानुपर्ने कर्मचारीको नियतिको कुनै समाधान भयो त ? अहँ, भएन । अनि किन आन्दोलनको कार्यक्रम फिर्ता भयो त ? यसको पछाडीको कारण हो, युनियन अध्यक्षलाई बैंकले ‘मेनेज’ गर्नु।
आइतबार आन्दोलनको कार्यक्रम सुरु गरेको संघका अध्यक्ष योगेश श्रेष्ठ र बैंकको व्यवस्थापनबीच छुट्टाछुट्टैसमेत आइतबार बैठक बसेको थियो । बैठकमा बैंकका पूर्व सीइओ ज्ञानेन्द्र ढुंगानाले श्रेष्ठलाई आन्दोलनका कार्यक्रम फिर्ता गर्न दबाब दिएका थिए । अरुका अगाडी बाघजसरी उभिने श्रेष्ठ ढुंगानाका अगाडी लार्याकलुरुक भए । र अन्तत: सोमबारबाट तय गरिएका कुनै पनि आन्दोलनका कार्यक्रम अगाडी बढेनन् । यसको पछाडी श्रेष्ठलाई नबिलमा गएपछि बढुवा गरिदिने प्रलोभन दिइएको युनियनकै अन्य अधिकारीहरुको दाबी छ । यसो त अर्थ सरोकारसँग कुराकानी गर्दै आइतबार बेलुकी नै श्रेष्ठले आन्दोलनका कार्यक्रम हाललाई थाँती राखिएको बताएका थिए ।
अध्यक्ष श्रेष्ठविरुद्ध युनियनकै कर्मचारी पनि अख्तियार जाँदै !
श्रेष्ठले आफ्नो भलाईका लागि सबै कर्मचारीका विरुद्ध गएको बैंकसँग उल्टै साँठगांठ गरेको र यसका लागि अनुचित लाभ लिएर भ्रष्टाचार गरेको भन्दै युनियनकै एक अर्का अधिकारी श्रेष्ठ विरुद्ध अख्तियार जाने आफ्नो तयारी रहेको बताउँछन् । ‘हाम्रा अगाडी ठुला ठुला कुरा गर्थे, ढुंगानाजीकहाँ पुगेपछि लार्याकलुरुक भएछन् । न माग पूरा भएको छ, न पूरा गर्ने आश्वासन दिइएको छ । त्यतिकै आन्दोलन फिर्ता गराउनेगरी काम भएको छ ।’ उनले अर्थ सरोकारसँग भने, ‘अव बैंकसँग मात्र होइन, हाम्रै युनियनका अध्यक्षसँग पनि लड्नुपर्ने स्थिति आएको छ। ‘
एनबिको आन्दोलन तुहिएको संकेत पछि नबिलले राख्यो प्रस्ताव, ‘दुई तह नै घटुवा गरे कसो होला ?
यसैबीच सोमबार नबिल बैंकमा बसेको मर्जर कमिटीको बैठकले एनबिको आन्दोलन तुहिएको खबर आएपछि एक तह मात्र नभई दुई तह घटुवा गर्ने प्रस्ताव ल्याउँदा कसो हुन्छ भनेर छलफलसमेत गरेका छन् । ‘एक तह घटुवा भनियो । पछि यसो सोच्दा, आन्दोलनले ठुलै रुप लियो भने केमा सम्झौता गर्ने ? एनबिका कर्मचारीलाई घटुवा नगरी त कुरो मिल्दैन । त्यसैले अव दुई तह घटुवाको कुरा अगाडी बढाएका छौं । आन्दोलन अहिलेजसरी नै तुहियो भने दुई तह नै घटुवा गर्ने, होइन भने एक तह घटुवा गरेर सम्झौता गर्ने कि भन्ने छ। ‘ नबिल बैंक स्रोतले भन्यो, ‘हिजो त ठुलै आन्दोलन हुन्छ कि जस्तो पनि भएको थियो, ज्ञानेन्द्र सरले एक लट थर्काएपछि सबै कुरो मिलेछ।’
सम्पर्कमै आउन छोडे अध्यक्ष श्रेष्ठ
नेपाल बंगलादेश बैंकको आन्दोलन तुहिएको खबर पाएपछि हामीले पटक पटक योगेश श्रेष्ठलाई फोन गर्ने प्रयास गर्यौं । तर उनले हाम्रो फोन नै उठाएनन् । फोन नउठाएपछि हामीले उनलाई तपाईंको कुरा मिलेपछि आन्दोलन तुहिएको हो ? भन्ने प्रश्नसहितको एसएमएस गर्यौं । उनको त्यहाँबाट पनि रेस्पोन्स आएन । अहिले नबिल बैंक र नेपाल बंगलादेश बैंकमा यस विषयमा विभिन्न बैठकहरु बसिरहेका छन् । बैंक स्रोतका अनुसार ज्ञानेन्द्र ढुंगाना विहानदेखि बैंक आएर बसेका छन् । उनले आन्दोलनमा लाग्नुपर्छ भन्ने नेताहरुलाई फकाउने र थर्काउने दुवै काम गरिरहेका छन् । जे होस्, ज्ञानेन्द्र ढुंगाना सबै कुरा मिलाउन माहिर छन् भन्ने तथ्य थप पुष्टी भएको छ । आइतबार ठुला कुरा गर्नेहरुलाई उनले ‘साइज’मा ल्याएका छन् । यद्यपी केहि नेताहरुलाई ‘मेनेज’ गर्दा नेपाल बंगलादेश बैंकका थुप्रै कर्मचारीहरुको भने बिचल्ली हुने भएको छ । एक तह घटुवा हुने भएपछी बैंकका सिनियर कर्मचारीहरुले जागिर छोड्ने रणनीति बनाईसकेका छन् । दुई जना ठुला तहका कर्मचारीले त राजिनामा पत्रसमेत लेखिसकेका छन् । राम्रो भीआरएस स्किम आए कुनै पनि हालतमा बैंक छोड्ने तयारीमा रहेका कर्मचारीहरुको संख्या ठुलै रहेको स्रोतको दाबी छ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal