×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल फाइनान्स कम्पनीले ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर जारी गर्ने, कहिलेदेखि दिन पाईन्छ आवेदन ?

काठमाडौं । नेपाल फाइनान्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले जेठ ६ गतेदेखि ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले १ः०।७० अनुपातमा ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

उक्त हकप्रद सेयर निष्कासनको लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ वैशाख १९ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउने भएका छन् । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले जेठ २६ गतेसम्म आवेदन दिन सक्ने भएका छन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रदमा प्रभु क्यापिटल तथा नेपाल फाइनान्सको केन्द्रीय तथा शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । साथै सिआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: