×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल स्टक एक्सचेन्जमा सेन्ट्रल फाइनान्सको ७ लाख ७८ हजार ३९७ दशमलव ४९५९ कित्ता बोनस सेयर सूचीकृत

PRIME CA

नेपाल स्टक एक्सचेन्जमा सेन्ट्रल फाइनान्सको ७ लाख ७८ हजार ३९७ दशमलव ४९५९ कित्ता बोनस सेयर सूचीकृत

१० जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको ७.७० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कित्ता भएको छ । कम्पनीको चुक्ता पूँजीको ७.७० प्रतिशतले हुन आउने ७ लाख ७८ हजार ३९७ दशमलव ४९५९ कित्ता बोनस सेयर मंगलबार सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ बाट चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस र कर प्रयोजनका लागि चुक्ता पूँजीको ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण हो । उक्त बोनस कम्पनीको पुस ३० गते बुधबार सम्पन्न कम्पनीको २५औं वार्षिक साधारणसभाबाट पारित भएको थियो ।

कम्पनीले सभा प्रयोजनको लागि पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुकक्लोज गरेको थियो । तर्सथ पुस १७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र उक्त बोनस सेयर प्राप्त गर्न सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: