×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको निर्णय खारेज, हिमालयन बैंकको लाभांश तत्काल खुलाउन अदालतको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्र बैंकको निर्णय खारेज, हिमालयन बैंकको लाभांश तत्काल खुलाउन अदालतको निर्देशन

Artha Sarokar

२० बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन बैंकको लाभांश तत्काल खुलाउन अदालतले निर्देशन दिएको छ । उच्च अदालत पाटनले नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा लगाएको रोक तत्काल खुलाउन निर्देशन दिएको हो । हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्जर भाँडिएसँगै राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन दिएको थियो । उक्त निर्देशन विरुद्ध हिमालयन बैंक उच्च अदालत पाटनमा गएको थियो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको थियो । उक्त लाभांश बैंकको साधारण सभाबाट पारित भएको थियो । यसैबीच राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले २०७८ कात्तिक १६ गते लाभांश वितरणमा रोक लगाएको थियो । यस विरुद्ध हिमालयन बैंकले गत २०७८ मंसिर १० गते मुद्दा हालेको थियो । राष्ट्र बैंकको निर्णयविरुद्ध परेको निवेदनमा उच्च अदालतले परमादेश जारी गर्दै राष्ट्र बैंकको निर्णय खारेज गरिदिएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी