काठमाडौं । बोर्डले संशोधन एक वर्षपछि ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन) २०७७’ कार्यान्वयनमा ल्याएको हो । नेप्सेले २ वर्ष अघि नै ब्रोकरमार्फत हुने मार्जिन लेन्डिङका लागि कार्यविधि बनाएर लागू गरेको थियो । तर उक्त कार्यविधि व्यवहारिक नभएको भन्दै लगानीकर्ताले चासो नदेखाएपछि संशोधनका लागि बोर्डसमक्ष पेश गरेको थियो ।
मार्जिन कर्जा लिन कम्तीमा १० हजार सेयरधनी भएको हुनुपर्ने र पछिल्लो २ आर्थिक वर्षमा १० प्रतिशत भन्दा बढी लाभांश दिएको कम्पनी भए मात्र ब्रोकरमार्फत मार्जिन दिन सकिने बोर्डले जनाएको छ । त्यस्तै अघिल्लो आर्थिक वर्षको कुल कारोबार दिनमा कम्तिमा पनि ८० प्रतिशत कारोबार दिनमा सेयर किनबेच भएको हुनुपर्नेछ । यसैगरी आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा गरेको कम्पनीलाई मात्रै मार्जिन सुविधा दिन सकिने प्रावधान रहेको बोर्डले जनाएको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्