काठमाडौं । एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया फ्लेक्सी क्याप बिक्री गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड जेठ १९ गतेदेखि सर्वसाधारणमा बिक्री गर्ने भएको हो । उक्त फण्डको इकाईमा जेठ १९ गतेदेखि २४ गते मंगलबारसम्म आवेदन दिन सकिने भएको छ । सो समयभित्र सबै इकाई खरीदको माग नपरेको खण्डमा भने असार २ गतेसम्म इकाई किन्न सकिने कम्पनीले जनाएको छ ।
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले कुल १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । सात वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि लगानीकर्ताले मेरो सेयरको मोबाईल एप तथा वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा पनि आवेदन दिन सक्ने भएका छन् । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउनेछ ।
क्यापिटलले प्रतिइकाई निष्कासन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएको छ । यसरी बाँकी रहेको ८ करोड ५० लाख इकाई म्युचुअल फण्ड र सर्वसाधारणका लागि बिक्री खुला हुने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्