×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको ३५ लाख इकाई ऊर्जा ऋणपत्रमा आवेदन दिने बुधबार अन्तिम दिन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

एनएमबि बैंकको ३५ लाख इकाई ऊर्जा ऋणपत्रमा आवेदन दिने बुधबार अन्तिम दिन !

काठमाडौं । एनएमबि बैंकको ऊर्जा ऋणपमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३५ लाख इकाई ऋणपत्रमा आवेदन दिने जेठ ४ गते बुधबार अन्तिम दिन रहेको हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिने भएको छ ।

बैंकले वैशाख २१ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऊर्जा ऋणपत्रको बिक्री खुला गरेको हो । जसमध्ये २१ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने १४ लाख इकाई मध्ये ७० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ र बाँकी सर्वसाधारणका लागि खुला गरिएको छ ।

एनएमबिले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४%- २०९३/९४’ जारी गरेको हो । यसमा वार्षिक ४% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । आवेदकले न्यूनतम २५ इकाईदेखि अधिकतम १४ लाख इकाईसम्म आवेदन दिन सकिने भएको छ ।

एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहन्छ । यसमा सी-आस्वा र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: