×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भोट हालेका जनतलाई देउवा सरकारको अर्को उपहार-‘सार्वजनिक सवारी साधनको भाडा बढ्यो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भोट हालेका जनतलाई देउवा सरकारको अर्को उपहार-‘सार्वजनिक सवारी साधनको भाडा बढ्यो’

Artha Sarokar

३ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सार्वजनिक सवारी साधनको भाडा बढेको छ । यातायात व्यवस्था विभागले ५.१ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो । नयाँ भाडादर जेठ ४ गते बुधबारदेखि लागू हुने भएको  छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.५ प्रतिशत बढाइएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ४.६ प्रतिशतले बढाइएको छ ।

यस्तै तराईमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ५.१ प्रतिशतले बढाइएको छ । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेको खण्डमा वा घटेको खण्डमा विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा भाडा बढाउने/घटाउने व्यवस्था छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी