×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘नेताले तेलखर्च दिने’ भएपछी चुनावी समयमा पेट्रोल-डिजलको खपत दोब्बरभन्दा बढी, तोडियो अहिलेसम्मकै रेकर्ड !

काठमाडौँ । विभिन्न खालका चुनावी प्रचारप्रसारका काममा नेताले नै तेल खर्च दिने भएपछी चुनावको समयमा देशभर पेट्रोलियम पदार्थको खपत उच्च दरमा बढेको छ । नेपाल आयल निगमका अनुसार चुनावी प्रचार प्रसारका कारण दैनिक पौन ३ अर्ब रुपैयासम्म इन्धनमा खर्च भइरहेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार चुनावी प्रचारप्रसार उग्र रुपमा हुँदा पेट्रोलियम पदार्थको खपतमा नयाँ रेकर्ड कायम भएको छ।

प्रवक्ता उपाध्यायका अनुसार १९ वैशाखमा डिजल र पेट्रोलको बिक्रीमा नयाँ रेकर्ड कायम भएको छ । उनका अनुसार सो दिन एकैदिन १० हजार ४ सय किलोलिटर डिजल र ४ हजार ९१० किलोलिटर पेट्रोल बिक्री भएको थियो, भने ४९५ किलोलिटर हवाइ इन्धन पनि बिक्री भएको थियो । १९ वैशाखमा पेट्रोल, डिजल र हवाइ इन्धन मात्रै २ अर्ब ८७ करोड ३६ लाख रुपैयाँ भन्दा धेरैको बिक्री भएको थियो ।

उनका अनुसार २१ वैशाखमा पनि इन्धनको खपत उच्च दरमा भएको देखिन्छ । सो दिन ४ हजार ४२५ किलोलिटर पेट्रोल र ७ हजार ९८१ किलोलिटर डिजल विक्री भएको थियो भने ४६३ किलोलिटर हवाई इन्धन बिक्री भएको थियो । यो पनि अरु समयमा भन्दा निकै बढी खपत हो। उपाध्यायका अनुसार सामान्य अवस्थामा देशभर पेट्रोलको दैनिक खपत २ हजारदेखि २२ सय किलोलिटर हाराहारी हुन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: