काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा राजधानीमा बुधबार आयोजित लेखा प्रोफेसरहरुको राष्ट्रिय सम्मेलनमा सहभागी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायको तस्विरदेखि मध्ययपुर थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पक्की पुल शनिबारको वर्षासँगै आएको बाढीले पुर्याएको क्षति सम्मका तस्विरलाई फोटोमा समेटेका छौ।
हेरौं फोटो समाचार
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा राजधानीमा बुधबार आयोजित लेखा प्रोफेसरहरुको राष्ट्रिय सम्मेलनमा सहभागी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय ।

मध्ययपुर थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पक्की पुल शनिबारको वर्षासँगै आएको बाढीले पु¥याएको क्षति । यो पुल गत वर्षको बाढीले पनि यही अवस्थामा पुगेको थियो । ठेक्केदारको लापरवाही ढिलासुस्तीका कारण यो अवस्था सृजना भएको जनताको गुनासो छ

ताप्लेजुङको मैवाखोला गाउँपालिका—१, तेलाबुङमा निर्माणाधीन कोशी प्रसारण विद्युत् लाइनको टावर । कोशी कोरिडोको कूल १०६ किलोमिटर २२० केभी डबल सर्किट क्षमता रहेको छ ।

धौलागिरि अस्पताल बागलुङमा बिरामीको चाप । मौसममा आएको परिवर्तनसँगै धौलागिरि अस्पतालमा बिरामीको चाप ह्वातै बढेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिकाबाट ठूलो परिमाणको लागूऔषधसहित गएराति पक्राउ परेका दुई भारतीय नागरिक ।

म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा गठबन्धनका उम्मेदवारले आयोजना गरेको चुनावीसभामा सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न मौन धारण गर्दै उम्मेदवार, कार्यकर्ता र मतदाता ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्