काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले रामपुर नगरपालिका– ५ स्थित सुन्दरटोल सडकखण्डमा कालेपत्रे गर्न लागि काम गर्दै मजदुरको तस्विरदेखि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– १०, खोपासी फाँटको खेतमा आलु खन्दै किसान सम्मका तस्विरलाई फोटोमा समेटेका छौँ।
हेरौं फोटो समाचारः
रामपुर नगरपालिका– ५ स्थित सुन्दरटोल सडकखण्डमा कालेपत्रे गर्न लागि काम गर्दै मजदुर ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– १०, खोपासी फाँटको खेतमा आलु खन्दै किसान ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको केन्द्र गेल्डुङ बजारमा बेच्नका लागि मुला पखाल्दै किसान ।

सरकारी भवन निर्माणको जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण विभागसँगै रहेको हुलाक प्रशिक्षण केन्द्रको क्षतिग्रस्त भवन । विसं २०७२ वैशाख १२ को भूकम्पअघि नै जीर्ण बनेको भवन भूकम्पले क्षतिग्रस्त बनेको सात वर्ष बित्दासमेत पुनःनिर्माणको सुनिश्चितता पाएको छैन

विश्व गधा दिवसका अवसरमा ‘एनिमल नेपाल’ले ललितपुरको गोदावरी नगरपालिका–८ मा स्थापना गरेको ‘डुकछाप डङ्की सेन्चुरी’मा उद्धार गरिएका गधालाई आहारा खुवाउँदै संरक्षणकर्मी ।

म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरण्य गाउँका हिराबहादुर परियार गाउँमा पुगेका पत्रकारलाई गाउँको समस्या सुनाउँदै । एक सय तीन दलित घर परिवारको बसोबास रहेको यो दलित गाउँमा खानेपानी र शौचालयको समस्या छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्