×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै बढ्यो हवाई भाडा पनि, हेर्नुहोस् कुन ठाउँको कति बढ्यो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै बढ्यो हवाई भाडा पनि, हेर्नुहोस् कुन ठाउँको कति बढ्यो ?

काठमाडौं । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । नयाँ भाडादरमा रु ९० देखि रु ४४५ सम्म वृद्धि भएको छ । सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ-धनगढीको भाडा रु ४४५ बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौँ-सिमराको भाडा रु तीन हजार ७२५ कायम भएको छ भने काठमाडौँ-धनगढी रु १५ हजार ६६५ कायम भएको छ ।

काठमाडौँ-भद्रपुर ११ हजार ९३५, काठमाडौँ-विराटनगर नौ हजार ३२५, काठमाडौँ-जनकपुर पाँच हजार २५०, काठमाडौँ-भरतपुर चार हजार ४३५ र काठमाडौँ-पोखरा छ हजार ३०५ कायम भएको छ । काठमाडौँ-भैरहवा सात हजार ८८०, काठमाडौँ-नेपालगञ्ज १२ हजार ८९५ र काठमाडौँ-तुम्लिङटार सात हजार ४६० कायम भएको छ ।

माउन्टेन फ्लाइटको भाडादर रु १३ हजार ७६५ कायम भएको सङ्घले जनाएको छ । नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो । अहिले हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु १६६ छ । -रासस

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: