विराटनगर। नेपाल राष्ट्र बैंक कर्मचारी संघको ३३औँ स्थापना दिवसको अवसरमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको सभाहलमा प्रदेश स्तरीय अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता बिहीबार सम्पन्न भएको थियो। नेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा प्रदेश नं. १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाबाट १५ टीमको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा निर्जल घिमिरे र शोभा सिलवाल सम्मिलित नेपाल राष्ट्र बैंक प्रथम भयो भने सुरज श्रेष्ठ र गगन कुमार मण्डल सम्मिलित एभरेष्ट बैंक दोस्रो तथा संजीव कोइराला र योगेन्द्र राज खत्री सम्मिलित कृषि विकास बैंक तेस्रो भयो। नेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिका अध्यक्ष चन्दन सिंह चौधरीको सभापतित्व तथा नेपाल राष्ट्र बैंक विराटनगरका कार्यालय प्रमुख, निर्देशक मीना पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमश १० हजार, ७ हजार ५ सय र ५ हजार नगद सहित ट्रफी र मेडल प्राप्त गरेका छन् । विजयी टीमलाई सभापति, प्रमुख अतिथी तथा अतिथीहरुले पुरस्कार वितरण गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्