×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राधी विद्युत कम्पनीले ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद सेयर बिक्री गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १४७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले उक्त हकप्रद सेयर बिक्री गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः१.४७५२ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९०० रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो ।

यसअघि विद्युत नियमन आयोगले पनि राधीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति दिइसकेको छ । आयोगले राधीले माग गरे अनुसार नै हकप्रद निष्कासनका लागि स्वीकृति पाएको हो । अब बोर्डले अनुमति दिएपछि मात्र हकप्रद जारी हुने कम्पनीले जनाएको छ । कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: