Skip to content
LAXMI SUNRISE BANK

काण्ड नै काण्डको ‘अखडा’ रिलायबल लाइफको अर्को ‘मनपरी’ : नियामकको निर्देशनलाई चुनौती दिंदै  हकप्रदको हवला  !

अर्थ सरोकार

काठमाडौं, ४ जेठ । कहिले नामको विवाद त कहिले कामको विवाद । कहिले अडिट प्रक्रियामा विवाद त कहिले कर्मचारी भर्नामा विवाद । विवादै विवादको ‘अखडा’ बनेको रिलायवल नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले नियामक निकाय बीमा समितिलाई नै चुनौती दिंदै अर्को ‘मनपरी गरेको छ । कम्पनीले बीमा समितिको नीति हकप्रद शेयर जारी गर्ने भन्दै साधारण सभाको सूचना जारी गरेको छ ।

बीमा समितिले मर्जरमार्फत पुँजी वृद्धिको योजना ल्याएकोमा समितिको योजना र निर्देशनको धज्जी उडाएर ‘मलाई कसले के गर्न सक्छ र ?’ भन्ने शैलीमा कम्पनीले मनपरी गरेको छ । कम्पनीले हकप्रदबाट चुक्ता पुँजी बढाउनका लागि साधारणसभाको सूचना नै प्रकाशित गर्नुले बीमा समिति रिलायबलका अगाडी किन यो हदसम्म लाचार छ भन्ने प्रश्न उठेको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेपछि बीमा कम्पनीहरुलाई क्यापिटल प्लान ल्याउन भनिएको थियो । त्यसपछि विभिन्न कम्पनीहरुले आफ्नो क्यापिटल प्लान समितिसमक्ष लगेका थिए ।समितिका अध्यक्ष सूर्य सिलवालले मर्जरबाटै पुँजी पुर्याउन भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला रिलायबलले जारी गरेको यस्तो सूचनाले बीमा समितिको सक्षमतामाथि नै एकातर्फ प्रश्न उब्जेको छ भने गलत गर्दा पनि कारवाही नगर्दा के हुँदो रहेछ भन्ने पाठ पनि समितिलाई पढाएको छ ।

कम्पनीले आगामी २५ जेठमा साधारणसभा बोलाएको छ । सो साधारणसभामा विशेष प्रस्तावको पहिलो नम्बरमा पुँजी वृद्धि र दोस्रो नम्बरमा हकप्रद शेयर जारी गर्ने उल्लेख छ ।

यता बीमा समितिका अधिकारीहरुले भने हकप्रद शेयर जारी गर्नका लागि बीमा कम्पनीहरुलाई समितिले अनुमति नदिएको र नदिने समेत उनले प्रष्ट पारेका छन् । यस विषयमा बुझ्न रिलायवल लाइफका सीइओ नारायणबाबु लोहनीलाई फोन गर्दा उनी सम्पर्कमै आएनन् ।स्मरण रहोस् रिलायबल नेपाल लाइफको बदमासी बारे यस अघि पनि पटक पटक अर्थ सरोकारले समाचार प्रकाशन / प्रशारण गर्दै आएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK