काठमाडौं । रिभर फल्स पावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि २७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २७ लाख ३० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।
जसमध्ये १ लाख ३६ हजार ५०० कित्ता सामुहीक लगानी कोष र ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी २५ लाख ३८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन् । उक्त आइपीओमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने भएको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रिभर फल्सको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्