विराटनगर। नेपाल सरकारले २०७९ साल जेष्ठ १ गतेदेखि लागूहुने गरि हप्तामा शनिवार र आइतबारगरी दुई दिन बिदा दिने निर्णय गरेसँगै मेनरोड विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आइतबारपनि बैंकिङ सेवा प्रदान गर्ने निर्णय गरेको छ । यस अन्तर्गत हाल बैंकले प्रदेश नं.१ म रहेका आफ्ना ३५ शाखाहरुमध्ये १३ शाखाहरु (मेनरोड विराटनगर, टंकीसुनवरी, इलाम, रंगेली, उर्लावारी, बिराटचोक, बिर्तामोड, इटहरी, धरान, धनकुटा, बसन्तपुर, दमक र पुष्पलालचोक) वाट यही जेष्ठ १ गते देखिनै सेवा प्रदान गर्ने छ र आगामी दिनमा बजारको आवश्यकता र ग्राहकको माग बमोजिम आइतबार संचालन हुने शाखा संख्या बढाउदै लैजाने नीति बैंकले लिएको छ ।
आईतवार संचालन हुने शाखाहरुमा बैंकले बिहान १० बजे देखि अपरान्ह २ बजे सम्म सेवा प्रदान गर्नेछ । यसरी सरकारले हप्तामा दुईदिन सार्वजनिक विदा दिने निर्णय गरे पश्चात आईतवारपनि बैंकिङ सेवा दिने सप्तकोशी डेभलपमेन्ट बैंक नेपालका बैंकहरुभरमानै पहिलो बैंक रहेको समेत जानकारी गराउँदछ । बैंकको यस थप सेवाले ग्राहकवर्गमा सुविधा पुग्न जाने र आइतबार संचालन हुने बजारलाई केही हदसम्म भएपनि बैंकिङ आवश्यकताको परिपूर्ति हुने र बैंकको यस प्रकारको सेवाले बैंक र जनताविचको सम्बन्ध र विश्वाश अझ प्रगाढ हुंदै जाने तथा व्यवशाय विस्तारमा सहयोगी हुने बैंकले विश्वाश लिएको छ ।
बैंकले ग्राहक सुविधा विस्तार गर्दैलाने क्रममा चाडै नेपाल, भारत र भुटानमा समेत संचालन हुने तथा नेपालभर संचालनमा ग्राहकलाई कुनैपनि शुल्क नलाग्ने गरि वितरण समेत निशुल्क गरिनेगरि डेविट कार्ड जारी गर्दै छ भने थप सुविधाका साथ दुई बचत योजना (शुन्य मौज्दातमै खाता खोलि डेविट कार्ड, स्मार्ट बैंकिङ समेत निशुल्क प्राप्त गर्न सकिने एक र अर्को ग्राहकले बैंकमा गई लाईन नबसी विशेष सेवा प्राप्त गर्न सक्ने लगायत थप विशेष सेवा सहितको भि.आई.पि. बचत खाता गरी दुई बचत खाताहरु) समेत संचालन गर्न लागेको समेत जानकारी गराउँदछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्