×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कारोबार समय बढाउने धितोपत्र बोर्डको तयारी !

अर्थ सरोकार

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार

PRIME CA

कारोबार समय बढाउने धितोपत्र बोर्डको तयारी !

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारको समय बढाउनेगरी तयारी गरेको छ । अहिले प्रि-ओपनिङ साढे १० देखि पौने ११ सम्म कारोबार हुने गरेको छ । बोर्ड कारोबार समय थपेर ५ घन्टा पुर्याउने र विहान १०ः३० बजेदेखि बजेदेखि ३:३० बजेसम्म कारोबार गराउने तयारीमा जुटेको छ ।

बोर्डले यस्तो तयारी गरेको जानकारी धितोपत्रका दलाल व्यवसायीहरुलाई मौखिक रुपमा दिईसकेको छ । तर केहि दलाल व्यवसायीहरुले यसमा असन्तुष्टी देखाउंदै यस विषयमा छलफल गर्ने तयारी गरेका छन् । ब्रोकरहरु बजार ५ घण्टा खुलाउन तयार भए भने मात्र बोर्डले लिखित रुपमा आग्रह गर्नेछ ।

ब्रोकरहरुले नमानेको खण्डमा कारोबार समय थप्न बोर्डले मात्र सक्दैन। अहिले बोर्ड नै ब्रोकरहरुले चलाएको आरोप लागिरहेका बेला बोर्डको यो तयारी दलालहरुले मान्छन् कि मान्दैनन भन्ने तथ्य भने हेर्न बाँकी नै छ । अहिले छलफलको विषय मात्रै बनेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: