×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यापिटल गेन ट्याक्स घटाउन नेपाल धितोपत्र बोर्डको प्रस्ताव, इन्भेष्टमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्य !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

क्यापिटल गेन ट्याक्स घटाउन नेपाल धितोपत्र बोर्डको प्रस्ताव, इन्भेष्टमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्य !

Artha Sarokar

८ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इन्भेष्टमेन्टलाई प्रोत्साहन गर्न नेपाल धितोपत्र बोर्डले क्यापिटल गेन ट्याक्स अर्थात पूँजीगत लाभकर घटाउन प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धमा बोर्डले यस्तो प्रस्ताव गरेको हो ।

बोर्डले गरेको प्रस्ताव अनुसार अल्पकालीन लगानीको समय १८० दिन मानेर त्यस्तो लगानीबाट भएको आम्दानीमा ६.५ प्रतिशत मात्र पूँजीगत लाभकर लगाउन भनिएको छ । अहिले अल्पकालीन लगानी १ वर्षलाई मानेर ७ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको छ ।

१८० दिनभन्दा बढी अवधिको समयलाई दीर्घकालीन लगानी मानेर त्यस्तो लगानीको आम्दानीलाई भने ४ प्रतिशत मात्र पूँजीगत लाभकर लिन बोर्डले प्रस्ताव गरेको हो । साथै विशिष्टीकृत लगानी कोषको आर्जित आयमा कर नलाग्ने व्यवस्थाको समेत प्रस्ताव बोर्डले गरेको छ । धितोपत्र बजारलाई लगानीमैत्री बनाउन धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्दा लाग्ने शूल्कमा पुनरावलोकन गर्न समेत बोर्डले भनेको छ ।

यस्तै बोर्डले नेपालबाट वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको सार्वजनिक निष्काशनमा आरक्षणको व्यवस्था गर्न समेत प्रस्ताव गरेको छ । जसबाट विप्रेषण आप्रवाह औपचारिक माध्यमबाट भित्राउन समेत सहयोग पुग्ने बोर्डले जनाएको छ ।

यसैगरी धितोपत्र दोस्रो बजार मूल्य तथा परिसूचकमा उच्च उतार चढाव आउने अहिलेको अवस्थामा सुधार ल्याउन साना तथा मझौला कम्पनीको कारोबारका लागि छुट्टै प्लाटफर्मको व्यवस्था गर्न समेत बोर्डले भनेको छ । जसले सानो पूँजी आधार भएका कम्पनीको धितोपत्रमा ठूला लगानीकर्ताले स्वामित्व लिइ बजारमा उच्च उतार चढाव ल्याउने प्रवृत्ति नियन्त्रण हुने बोर्डको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी