काठमाडौं । नेपाल धितोपत्र बोर्डले एफपीओ निष्कासन गर्ने भन्दै प्रचारप्रसार गर्ने एक कम्पनीलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ । सामाजिक सञ्जालमा एफपीओ निष्कासन गर्ने भन्दै प्रचारप्रसार गर्ने ‘न्यु मार्ग साइबर कलेज’ कम्पनीलाई सेबोनले बन्द गर्ने निर्देशन दिएको हो । सेबोनले फेसबुक पेजमा देवीनगर, बुटवल ठेगाना उल्लेख गरेको उक्त संस्थालाई बन्द गर्न पत्राचार गरिसकेको छ ।
नेपाली सेयर बजारमा अहिले ५१ लाखको हाराहारीमा डिम्याट खाता छन् । लाखौँको संख्यामा दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरु छन् । नेपाली सेयर बजारमा विभिन्न किसिमको प्रलोभन देखाएर धितोपत्र ऐनविपरीत कार्य गर्ने संस्थाका साथै व्यक्तिको जमात पनि ठुलै छ । नेपाल धितोपत्र बोर्डले पछिल्लो समय धितोपत्र ऐनविपरीत कार्य गर्ने व्यक्तिका साथै संस्थाहरुमाथि निगरानी बढाएको छ । सेबोनको अध्यक्ष रमेशकुमार हमाल आएसँगै सेबोनले धितोपत्र ऐनविपरीत हुने कार्यको निगारानी बढाएको हो ।
सेबोनले त्यस्ता कार्यबारे सीआईबी, अख्तियारलगायत अन्य नियामक निकायसँग समन्वय गरी अनुसन्धानका साथै कारबाही प्रक्रिया पनि बढाइरहेको छ । सेबोनले बारम्बार सूचना निष्कासन गर्दै धितोपत्र सार्वजनिक निष्कासन, धितोपत्र खरिद तथा बिक्री, सेयर रजिस्ट्रार, संस्थागत परामर्शलगायतको कार्य धितोपत्रबाट स्वीकृत नलिई सञ्चालन गरेको संघसंस्था गैरकानुनी हुने भन्दै लगानीकर्ताका साथै सेवाग्राहीलाई सूचित गराउँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्