×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजारमा विदेशी लगानी भित्र्याउन चाँडै अध्ययन हुनुपर्छ’: अध्यक्ष शेखर गोल्छा

PRIME CA

‘सेयर बजारमा विदेशी लगानी भित्र्याउन चाँडै अध्ययन हुनुपर्छ’: अध्यक्ष शेखर गोल्छा

अर्थ सरोकार

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सेयर बजारमा विदेशी लगानी भित्र्याउन चाँडै अध्ययन हुनुपर्ने बताएका छन् । उनले बाह्य लगानी भित्र्याउने प्रमुख आधार पुँजी बजार भएको बताउँदै यसमा आवश्यक छलफल गर्नुपर्ने बताए । महासंघले शुक्रबार आयोजना गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष गोल्छाले उक्त कुरा बताएका हुन् । साथै उनले इन्ट्रा डे ट्रेडिङ, सट सेल कारोबार गर्ने उपकरणहरु बजारमा भित्र्याउन आवश्यक रहेको बताएका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलता अभावको प्रभाव पुँजी बजारमा देखिएको उनले बताए । त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्न उनले नियामकलाई आग्रह गरेका छन् । उनले गैरआवसिय नेपालीलाई पुँजी बजारमा तत्काल भित्र्याउन, रियल सेक्टलाई पनि पुँजी बजारमा ल्याउन नियामकले आवश्यक काम गर्नुपर्ने बताए । साथै, बजार विकासका लागि सबै पक्ष गम्भीर हुनुपर्ने भन्दै उनले पुँजी बजार क्षेत्रको विकास र विस्तारका लागि महासंघको विशेष दस्तावेज बनाउन लागेको समेत जानकारी दिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: