काठमाडौं । अर्थ मन्त्रालय अगामी आर्थिक वर्ष २०७९/२०८० को बजेट निर्माणको तयारीमा लागेको छ । अर्थ मन्त्रालयले बजेट लेखन टोली गठन गरि विभिन्न क्षेत्रका सुझाव पनि लिइरहेको छ । जेठ ३ गतेबाट संसदमा बजेट अधिवेशनसमेत सुरु भएको हो । संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा अर्थमन्त्रीले आगामी वर्षका लागि संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्नेर्छ ।
छलफलका क्रममा धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि आगामी आर्थिक वर्षको बजेटका लागि भन्दै विभिन्न सुझाव दिएको छ । धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्दा लाग्ने शुल्कहरुमा पुनरावलोकन गर्न सुझाव दिएको हो । वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको सार्वजनिक निष्कासन (आइपीओ) मा आरक्षणको व्यवस्था गर्न पनि सुझाव दिएको छ ।
सेयर बिक्रीका लागि अल्पकालीन र दीर्घकालीन अवधिको परिभाषा परिमार्जन गरी ती अवधिमा कारोबार हुने सेयरमा लाग्दै आएको पुँजीगत लाभकरलाई समेत घटाउन बोर्डले आग्रह गरेको छ । यता बैंकर्स संघले बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्या समाधान गर्न सुझाव दिएको छ । यस्तै स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले विदेशी मुद्राको सञ्चिति बढाउन रेमिटेन्स पठाउनेहरुलाई दोस्रो बजारमा कारोबार गर्दा पुँजीगत लाभकरमा निश्चित अवधिका लागि पूर्णरुपमा छुट दिनुपर्ने माग गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्