काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २३.५१ अंकले घटेर २२५०.९१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से ) का अनुसार बिहिबार कुल २१९ कम्पनीको ३७ लाख ९८ हजार २ सय ६३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेड प्रोमोटरको भएको छ । यस कम्पनीको १२ करोड ८१ लाख ७९ हजार ९ सय ६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बिहिबारको सेयर बजारमा लुम्बिनी जेनेरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । लुम्बिनी जेनेरलको सेयरमा यस्तो गिरावट आउँदा युनियन हाईड्रोपावर ,सुर्यदय वोमी लघुवित्त ,श्री इन्भेस्टमेन्ट रहिमालयन उर्जामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेड प्रोमोटरको भएको छ । यस कम्पनीको १२ करोड ८१ लाख ७९ हजार ९ सय ६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस एनआइसी एसिया लघुवित्त बित्तियसंस्था प्रमोटर ,अरुण भ्याली हाईड्रोपावर , अरुण काबेली र हिमालयन डिस्ट्रीलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा जेनेरल इन्स्योरेन्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा ७ प्रतिशत भन्दा बढीले बढेको हो । यस अलावा मैलुंग खोला जल बिद्युत, एनयमबि हाईब्रिड फण्ड -१, एनआइसी एशिया सेलेक्ट फण्ड -३०, र नबिल ब्यालेन्स फण्ड -३ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्