×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार बढ्यो सयेर बजार, १ अर्ब ०४ करोडमाथिको कारोबार हुँदा नेप्से २२३१.५७ बिन्दुमा

PRIME CA

बुधबार बढ्यो सयेर बजार, १ अर्ब ०४ करोडमाथिको कारोबार हुँदा नेप्से २२३१.५७ बिन्दुमा

११ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेश्रो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १४.३७ अंकले बढेर २२३१.५७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) का अनुसार बुधबार कुल २२६ कम्पनीको २६ लाख ९४ हजार ४ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ०४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाईड्रोपावरको भएको छ । यस कम्पनीको ८ करोड ३४ लाख ८ हजार ७ सय ४७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बुधबारको सेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ७ प्रतिशत भन्दा धेरैले घटेको हो । कर्पोरेटको सेयरमा यस्तो गिरावट आउँदा लक्ष्मी लघुवित्त,सम्बृद्धि फाईनान्स कम्पनी र प्रभु लाईफ इन्स्योरेन्स कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाईड्रोपावरको भएको छ । यस कम्पनीको  ८ करोड ३४ लाख ८ हजार ७ सय ४७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलाबा अरुण काबेली पावर, अरुण भ्याली हाईड्रोपावर ,नबिल बैंक र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा बलेफि हाईड्रोपावरका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत भन्दा बढीले बढेको हो । यस अलावा मैलुङ्ग खोला जलबिद्युत, संगति हाईड्रो, गुराँस लघुवित्त वित्तीय संस्था र नेपाल इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: