×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमबार बढ्यो सेयर बजार, १ अर्ब ३९ करोडमाथिको कारोबार हुँदा नेप्से २२६८.८४ बिन्दुमा

काठमाडौं । सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १२.२७ अंकले बढेर २२६८.८४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२२ कम्पनीको ३३ लाख २४ हजार ८ सय २२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ७ करोड ८३ लाख ५३ हजार ८ सय ९९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै सोमबारको सेयर बजारमा हिमालयन उर्जा बिकाश कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । हिमालयन उर्जाको सेयरमा यस्तो गिरावट आउँदा स्वरोजगार लघुवित्त,गुहेशोवोरी मर्चेन्ट, समता घरेलु लघुवित्त र ज्योति लाईफ इन्सुरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ७ करोड ८३ लाख ५३ हजार ८ सय ९९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी, नबिल बैंक, एनआईसी एसिया बैंक, अरुण भ्याली हाईड्रोपावर,शिवम् सिमेन्ट र निफ्राको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा महुली लघुवित्त, उन्नति सहकार्य लघुवित्त , सानिमा लार्ज क्याप फण्ड, विजया लघुवित्त र तेरथुम पावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: