×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ दिनको लगतार उकालो पछि नेप्सेमा करेक्शन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

४ दिनको लगतार उकालो पछि नेप्सेमा करेक्शन

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ। बुधबारको तुलनामा नेप्से परिसूचक १८.६४ अंकले बढेर २३५०.४२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से ) का अनुसार बिहिबार  कुल २२८ कम्पनीको ५२ लाख २७ हजार ३ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ११ करोड १० लाख ६७ हजार ४ सय १८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बिहिबारको सेयर बजारमा सोर्यदय ओमी लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य नेगेटिभ सर्किट लागेको छ । सोर्यदयको सेयरमा यस्तो गिरावट आउँदा प्राईम लाईफ इन्सुरेन्स ,युनियन लाईफ इन्सुरेन्स,गुराँस लाईफ इन्सुरेन्स र श्री इन्भेस्टमेन्टमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको११ करोड १० लाख ६७ हजार ४ सय १८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा राधि विद्युत कम्पनी,नगडी ग्रुप पावर, अरुण भ्याली हाईड्रोपावर, लाईफ इन्सुरेन्स र गुराँस लाईफ इन्सुरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा तेर्हथुम पावर कम्पनी , युनियन हाईड्रोपावर, शिवम् सिमेन्ट र बरुण हाईड्रो कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: