काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से ) का अनुसार मंगलबार कुल २२१ कम्पनीको ३५ लाख ९५ हजार ७ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार जाल्पा सामुदायिक लघुवित्तको भएको छ । यस कम्पनीको करोड ७९ लाख ९ हजार ५ सय १३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै मंगलबारको सेयर बजारमा युनाईटेड इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । युनाईटेडको सेयरमा यस्तो गिरावट आउँदा लुम्बिनी जेनरल इन्स्योरेन्स,सुर्य लाईफ इन्स्योरेन्स ,बुद्धभुमि नेपाल हाईड्रो,इमर्जिङ्ग नेपाल र दिब्यशोरी हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः
यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार जाल्पा सामुदायिक लघुवित्तको भएको छ । यस कम्पनीको ९ करोड ७९ लाख ९ हजार ५ सय १३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाईड्रोपावर,सानिमा मै हाईड्रोपावर, सुर्य लाईफ इन्स्योरेन्स, अप्पर तामाकोशी र एनआईसी एसिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
यसैगरी मंगलबारको सेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा ४ प्रतिशत भन्दा बढीले बढेको हो । यस अलावा बोटलर्स नेपाल,एनआइबीयल सम्बृद्धि फण्ड -२, र सनराईज फस्ट म्युचल फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः