काठमाडौं । लगानीकर्ताले ४/१२ को नीति तत्काल खारेज गर्न माग गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघले ४/१२ को नीतिले सेयर बजारलाई निरुत्साहित गरेको भन्दै सो व्यवस्था तत्काल फिर्ता लिन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष माग गरेका हुन् । आर्थिक वर्ष २०७९/८० को साउन १ गते देखि सेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारलाई १०० प्रतिशत नै कायम गर्न पनि माग गरेका छन् ।
यसैगरी मर्जर एक्यूजिसनको कारण सेयर कारोबार रोकिने हुँदा लगानीकर्ताको चल अचल सम्पति बन्द भइ नोक्सानी हुन्छ । साथै राज्यले पाउने राजस्वमा समेत नकारात्मक असर परिरहेको हुनाले उक्त कार्य बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभाको लागि दाखिल खारेजी गर्ने व्यवस्था गरे जस्तै गरी केही सिमित अवधिको लागि मात्रै कारोबार रोक्का रहने व्यवस्था गर्न पनि माग गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्