×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करेन्ट लागेर शिखर इन्स्योरेन्स कम्पनीका कर्मचारीको मृत्यु !

GLOBAL IME BANK
SHREE KESH

करेन्ट लागेर शिखर इन्स्योरेन्स कम्पनीका कर्मचारीको मृत्यु !

८ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । करेन्ट लागेर शिखर इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृत्यु हुने कर्मचारी भरतपुर-१० कटहर चोक बस्ने ३५ वर्षीय सकुन्तला पौडेल सुवेदी हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार दिउँसो सवा १ बजे भरतपुर १० बालमन्दिर रोडस्थित बीमा कम्पनीको बाहिर पट्टी झुण्ड्याएर राखिएको फ्लेक्स बोर्डमा अचानक करेन्ट सट भई आगोलागी हुँदा पौडेलसंगै अर्का कर्मचारी तरुण थापा पनि घाइते भएका थिए ।

उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा सुवेदीको भने बाटोमै मृत्यु भएको हो । घाइते थापाको उपचारको लागी नयाँ मेडीकल कलेज भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: