Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकद्धारा संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्ने

अर्थ सरोकार

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक सञ्जय कुमार शारदाले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेका हुन् । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने भएका छन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले वैशाख २५ गते आइतबारबाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ । आवेदकले सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK