बाह्रविसे । सिन्धु विकास बैंक लिमिटेड, बाह्रविसेद्धारा २०७९ जेष्ठ १३ गते शुक्रबारका दिन सामाजिक उत्तरदायित्व अन्तर्गत बाह्रविसे नगरपालिका वडा नं. ४ स्थित बैंकको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बाह्रविसे नगरपालिका नव निर्वाचित नगर प्रमुख बाल कृष्ण बस्नेत, उप प्रमुख श्रीमती मन्जु तामाङ्ग, बाह्रविसे नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष तथा नव निर्वाचित जनप्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकका प्रतिनिधिहरु लगाएत बैंकका उच्च ब्यवस्थापनको समेत उपस्थिती रहेको थियो ।
बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले बधाई तथा शुभकामना समेत प्रदान गरे । उक्त कार्यक्रममा बाह्रविसे बजार लगायत आसपास क्षेत्रका स्थानिय बासिन्दा तथा विभिन्न बैक बित्तिय संस्था एवं अन्य संघ संस्थाका प्रतिनीधिहरु समेत गरी ११८ जनाले रक्तदान गरेका थिए ।सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु र २ वटा सिमित बैकिङ ईकाइबाट बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ सेवा बिस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सन्ध्याकालिन बैकिङ सेवा, मोवाईल बैकिङ, SCT डेबिट कार्ड, SMS Banking, QR Code, C–ASBA लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्