काठमाडौं । नौलो र समय सापेक्ष सेवा सुबिधा प्रदान गर्दै आएको सनराइज बैंकले सनराइज दोब्बर मुद्दती योजना (Sunrise Double Muddati) ल्याएको छ । आफ्नो बचतलाई निश्चित अवधिमा उच्चतम ब्याजदर प्रदान गर्न व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु १००,००० जम्मा गरी मुद्दती खाता खोल्न सक्नेछन् । यो योजना अन्तर्गत सो रकम ७७ महिनामा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सकिने छ । मुद्दती योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन पनि सकिनेछ । यस्तै विशेष सुविधाहरूमा ग्राहकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क मिनाहा गरिएको साथै उपलब्धताका आधारमा लकरको वार्षिक शुल्क समेत मिनाहा गरिएको छ ।
यसै गरी ग्राहकहरुलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिदै हरेक बचत खाता स्वास्थ्य बीमा प्रदान गर्दै आएको छ । साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई रु ५ लाख सम्मको घातक रोग खर्च रु १०,००० सम्मको प्रशुति खर्च समेत प्रदान गर्दै आएको छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम र ९० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्