काठमाडौँ । टीएमएस चलाएबापत अब वार्षिक १०० रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘धितोपत्र कारोबार सञ्चालन तेस्रो संशोधन विनियमावली, २०७९’ मा ब्रोकरले टीएमएसबापत लगानीकर्ताबाट शुल्क उठाउन पाउने व्यवस्था गरिदिएपछि लगानीकर्ता थप मारमा पर्ने भएका हुन् ।
सो विनियमावलीको विनियम २१ (च) को उपविनियम ७ मा ‘कारोबार सदस्यले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मार्फत ग्राहकलाई अनलाइन सेवा प्रदान गरेबापत प्रत्येक ग्राहकबाट वार्षिक बढीमा १०० रुपैयाँ दरले सेवा शुल्क लिन सक्नेछ’ भनी उल्लेख भएपछी ब्रोकरहरुले रकम असुल्न पाउने भएका हुन्। सो व्यवस्था बोर्डबाट पारित भईसकेको छ भने सो व्यवस्था कार्यान्वयनका लागि बोर्डले नेप्सेलाई पत्र पनि पठाईसकेको छ ।
चर्को कमिसन खान पल्किएका ब्रोकरहरु भने सो रकम कम भएको भन्दै उफ्रिन थालिसकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्