×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले मनग्य नाफा कमाए

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सोमबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले मनग्य नाफा कमाए

१९ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोमबार पनि नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४  बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२८ कम्पनीको ३९ लाख ७८ हजार  ०७८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावरको भएको छ । यस कम्पनीको ४ करोड ७३ लाख ५६ हजार ७ सय ४३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ। यस अलावा सपोर्ट माइक्रो फाईनान्स,सामुदायिक लघुवित्त,सबैको लघुवित्त र लक्ष्मी एक्युटि फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा नेपाल फाईनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य नेगेटिभ सकिर्ट लागेको छ। नेपाल फाईनान्समा यस्तो गिरावट आउँदा युनियन हाईड्रोपावर , दिब्यशोरी हाईड्रोपावर, घमेली हाईड्रो र बुद्धभुमि हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावरको भएको छ । यस कम्पनीको ४ करोड ७३ लाख ५६ हजार ७ सय ४३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवंम सिमेन्ट ,हिमालयन डिस्टिलरी, नेपाल फाईनान्स, युनियन हाईड्रोपावर र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: