×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले मनग्य नाफा कमाए !

PRIME CA

सोमबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले मनग्य नाफा कमाए !

९ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज  (नेप्से ) का अनुसार सोमबार कुल २२४ कम्पनीको ३९ लाख १७ हजार ६ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा १ करोड ३६ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड १५ लाख ९ हजार २ सय ६५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा ६ प्रतिशत भन्दा बढीले बढेको हो । यस अलावा प्रभु लाइफ इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, एनएमबी -५०, र सिङ्गति हाईड्रोका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । मिथिलाको सेयरमा यस्तो गिरावट आउँदा विन नेपाल लघुवित्त ,तेर्ह्रथुम पावर कम्पनीमा र प्रभु इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड १५ लाख ९ हजार २ सय ६५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाईड्रोपावर,नेपाल लाइफ इन्स्योरेन्स , सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट र हिमालयन डिस्ट्रीलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: