काठमाडौं । साताको कारोबारको दोश्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक१६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से ) का अनुसार मंगलबार कुल २२४ कम्पनीको ३१ लाख ७ सय ३० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ०८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको ४ करोड ८४ लाख ६ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत भन्दा बढीले बढेको हो । यस अलावा अप्पर तामाकोशी, विजया लघुवित्त,हिमालयन उर्जा बिकाश र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। कर्पोरेटको सेयरमा यस्तो गिरावट आउँदा लुम्बिनी जेनेरल इन्स्योरेन्स,सुर्यदय वोमी लघुवित्त र जेनेरल इन्स्योरेन्स कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको ४ करोड ८४ लाख ६ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अप्पर तामाकोशी,अरुण काबेली पावर, अरुण भ्याली हाईड्रोपावर र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्