×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले मनग्य नाफा कमाए !

PRIME CA

सोमबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले मनग्य नाफा कमाए !

अर्थ सरोकार

१६ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ४५.०९ अंकले घटेर २१७३.४४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२७ कम्पनीको ३४ लाख ५६ हजार ५ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ९६ लाख ३८ हजार ९ सय ७५ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा बलेफी हाईड्रोपावरले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो। यस अलावा उपकर लघुवित्त,गणपति लघुवित्त,१० % नेपाल एसबिआइ बैंक देभेंचर २०८६ र सानिमा लार्ज क्याप फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा नेपाल इन्भेस्टमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा धेरैले घटेको हो । नेपाल इन्भेस्टमेन्टको सेयरमा यस्तो गिरावट आउँदा ज्योति लाइफ इन्स्योरेन्स,लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र मल्टिपर्पोज फाईनान्स कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ९६ लाख ३८ हजार ९ सय ७५ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाईड्रोपावर ,अरुण काबेली पावर, हिमालयन डिस्ट्रीलरी ,एनआइसी एशिया बैंक र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: