×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले मनग्य नाफा कमाए !

PRIME CA

मंगलबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले मनग्य नाफा कमाए !

अर्थ सरोकार

१७ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको दोश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२९ कम्पनीको ३७ लाख ६९ हजार ८ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ५ करोड ३७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा उपकर लघुवित्त वित्तिय संस्थाले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो। यस अलावा एनएमबि -५०, समलिंग पावर कम्पनी, एनआइसी एशिया ग्रोथ फण्ड र लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा नेपाल इन्भेस्टमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा धेरैले घटेको हो । नेपाल इन्भेस्टमेन्टको सेयरमा यस्तो गिरावट आउँदा एनएलजी इन्स्योरेन्स,कर्पोरेट डेभलपमेन्ट बैंक र मल्टिपर्पोज फाईनान्स कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः 

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ५ करोड ३७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, हिमालयन डिस्ट्रीलरी ,लाइफ इन्स्योरेन्स कर्पोरेशन र सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: