×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बुधबारको बजार अपडेट : यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए…

काठमाडौं । बुधबार पनि नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३१.७६ अंकले घटेर २२७५.६८  बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२३ कम्पनीको ३६ लाख ०२ हजार ८ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावरको भएको छ । यस कम्पनीको ४ करोड ५८ लाख ९६ हजार ६ सय ५९ रुपैयाँ  बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बुधबारको सेयर बजारमा ग्रिन भेन्चर लिमिटेडले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ।  ग्रिन भेन्चर लिमिटेडमा यस्तो गिरावट आउँदा युनियन हाईड्रोपावर , सप्तकोशी डेभलपमेन्ट बैंक, नेशनल हाईड्रोपावर र बुद्धभुमि हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावरको भएको छ । यस कम्पनीको ४ करोड ५८ लाख ९६ हजार ६ सय ५९ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, महालक्ष्मी बैंक र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ। यस अलावा बरुण हाईड्रोपावर,एनआईसी एसीया फण्ड-३०, नेपाल फाईनान्स,अजोड इन्सुरेन्स र बिजया लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: