×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइतबारको बजार अपडेट : यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । आइतबार नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १७.९५ अंकले बढेर २२५६.५७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३३ कम्पनीको ३३ लाख ४१ हजार २ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको ७ करोड ५३ लाख ५९ हजार ४ सय ५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको ७ करोड ५३ लाख ५९ हजार ४ सय ५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा  हिमालयन डिस्टिलरी, नबिल बैंक, एनआईसी एसिया बैंक, अरुण भ्याली हाईड्रोपावर,छिमेकि लघुवित्त, शिवम् सिमेन्ट र निफ्राको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा घलेम्दी हाईड्रो, ज्योति लाईफ इन्सुरेन्स , जोशी हाईड्रोपावर, नेपाल हाईड्रो डेभ्लोपर्स र श्री इन्भेस्टमेन्टका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । उन्नतिको सेयरमा यस्तो गिरावट आउँदा एनआईसी सेलेक्ट फण्ड -३०,एसियन लाईफ इन्सुरेन्स, रू रू जलबिद्युत परियोजना र महुली लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: