×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यातायात कार्यालयमा भएको लुटतन्त्रको अन्त्य कहिले ? : उमेश थापाको लेख

काठमाडौँ । मुलुकभरका यातायात कार्यालयहरुबाट सवारी चालक अनुमतिपत्र दिने गरिन्छ । लाइसेन्स लिनका लागि यातायात कार्यालयहरुमा दिनहु यत्तिकै भीड हुन्छ । तर, पछिल्लो समय लाइसेन्स ट्राल पास गरेर होइन्, पैसा तिरेर किन्न पाइन्छ । यातायातका कर्मचारीको मिलोमतोमा रकम असुली लाइसेन्स दिने गरिएको छ । सरकारले बनाएको ऐनकानुन सबैमा पास भएपनि पैसा नखाइकन काम गर्दैनन् । ट्रायल सेन्टरभित्रको गतिविधि नियाल्दा कर्मचारी र क्यान्टिनवालाको सेटिङ प्रष्टै बुझिएको छ । अधिकांश ट्रायल सेन्टरहरु क्यान्टिन चलाउने व्यक्तिहरुले सेटिङ गर्दै आइरहेका छन् । एउटा बाइकको लाइसेन्सबापत १०–१५ हजार लिने गरेको पाइन्छ ।

त्यसैगरी, गाडीको २०–२५ हजार रुपैंयासम्म लिएको पाइन्छ । बिच व्यक्तिहरुको ट्रायलको मिति सादैैबापत पनि क्यान्टिन र यातायातको कर्मचारी मिलेर थुप्रै पैसा असुलेका छन् । यातायात कार्यालय, भक्तपुर ठुलोभप्याङ, चाबहिल, एकान्तकुना र उपत्यकाबाहिर पनि यस्तै अवस्था छ । पैसा खुवाइकन कुनै काम नै हुदैन् । राम्रोसँग सवारी चलाउने व्यक्तिहरु ट्रायलमा फेल भइरहेका छन् । यता, सवारी गुडाउनै नजान्ने ट्रायलमा पासमा भइरहेका छन् । क्षमता भएकालाई सवारी अनुमतिपत्र दिनुको साटो जान्दै नजान्नेलाई दिइन्छ । यातायात कार्यालयहरुमा बिचौलियनहरुको दबदबा छ । तापनि, त्यहाँँको हाकिम हात बाँधेर बसेका छन् । के का लागि राखिएको हो सिसि क्यामरा हाकिमको कोठामा ?

हाकिम र दलालीहरुको सेटिङका यो काम भइरहेको छ । यातायात कार्यालय दाङमा पनि यस्तै हालत छ । त्यहाँका कर्मचारीहरु पैसाका लागि सार्वजनिक बिदाको दिन पनि काम गर्छन् । क्यान्टिनवाला र कर्मचारीहरु सेटिङले त्यहाँ पनि हालत उस्तै छ । पहुँच नहुने व्यक्तिले लाइसेन्स नपाउने स्थिति आएको छ । सवारी साधन चलाउन राम्रो ज्ञान भएका व्यक्तिले भन्सुन गर्न नसकेका कारण लाइसेन्स पाउनबाट वञ्चित भएका छन् । तर, सेटिङको कामले गर्दा सवारी चलाउन नजान्ने व्यक्तिलाई लाइसेन्स दिँदा दुर्घटना ह्वात्तै बढेको छ । घुसतन्त्रको अन्त्य नभएसम्म कतिको अकालमा ज्यान जाने हो, भनिसाध्य छैन् ।

दलालहरुले पहुँच र पैसा हुने व्यक्तिहरुको घरघरमा लाईसन्स पुप्याइदिन्छन् । सवारी चालक अनुमति पत्रलाई व्यापार गर्ने भाडो बनाइएको छ । नयाँ लाईसन्स निकाल्दा वा नविकरण गर्दा मोटो रकमको चलखेल हुने गरेको छ । यता, लाइसेन्सको नाममा यत्रो विकृति मौलाउदा पनि यातायातमन्त्री गुमसुम बसेकी छिन् । यातयातमन्त्री रेणुकुमारी यादवले धमाधम आफन्त र कार्यकताको नयाँ लाईसन्स निकाल्न , पुरानोलाई नविकरण गर्ने काम गरिरहेकी छिन् । यातायातमन्त्री नै भनेपछि यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले लाइसेन्सका निम्ति हस्ताक्षर नगर्ने कुरै भएन् ।

विभागका महानिर्देशक घिमिरेले सहजै लाइसेन्स दिने भइहाले । विभागका महानिर्देशक घिमिरेले आफना चिनजान र आफन्तको लाइसेन्स तुरुन्तै निकाल्दिन्छन् । विडम्बना, सिधासाधी जनताले राजश्व तिरेको रसिद हातमा बोकेर २ बर्षसम्म कुर्दा पनि लाईसन्स पाएका छैनन् । विभागमा कार्यरत कर्मचारीहरुलाई पनि आफन्तको लाइसेन्स निकाल्न केही गर्नुपर्दैन् । ट्रायल पास भएपछि सरकारले राजश्व तिरेको दुई वटा रसिद दिन्छ । एउटा रातो अर्को हरियो । हरियो रसिदमा महानिर्देशक तोक लगाउनेबित्तिकै लाइसेन्स हातमा पर्छ । तर, महानिर्देशकले पनि कमिशन पाइसकेपछि मात्र हरियो रसिदमा तोक लगाउछन् ।

यत्रो बर्षदेखि लाइसेन्सको पर्खाइमा रहेका सेवाग्राहीले चाहि कहिले लाइसेन्स पाउने ? सबै ठाउँमा आफन्त र पैसावालालाई मात्र छिराउने गरिएको छ । सिधासाधी जनता जहिले पनि लाइनमा बसेर घर फर्किन्छन् । उसले गएर कसलाई भेट्ने ? पैसा दिऊ गोजीमा रुपैंयादाम छैन् । पावर लगाउन चिनजान छैन् । सरकारी कर्मचारी र ट्रायल सेन्टरहरुको मिलोमतो फेल र पास बनाउनमै ठुलो सेटिङ छ । ट्रायल दिने सेन्टर पास गराउनपर्ने मान्छेलाई छुट्टै सवारीसाधन दिइन्छ । त्यसैगरी, फेल गनुपर्ने मान्छेलाई बिग्रेको सवारी साधन दिने गरिएको छ । आफनो सवारी साधन भएपनि आफनो सवारी साधनले चलाउन पाइदैन् ।

मँहगो पैसा तिरेर थोत्रा सवारी साधनमा ट्रायल दिनुपर्ने । एकातिर जनता ठगिने अर्कातिर पुरानो गाडीहरुले गर्दा जनता फेल हुनुपर्ने बाध्यता छ । अहिले जतिपनि ट्रायल सेन्टर छन् ती सबै थोरै जग्गा बनेको छ । सरकारले बनाएको मापदण्डविपरित सञ्चालन भइरहेको छ । ड्राईभिङ सेन्टरको पनि थोरे जग्गामा सञ्चालन छन् र सरकारले बनाएको मापदण्डका पर्दैन । ड्राईभिङ सेन्टरका सञ्चालकहरुले मनलाग्दी पैसा लिएर सिक्ने मानिसहरुलाई ठगिरहेका छन् । कुन गाडीको सिकेको रेट कत्ति हो ? भनेर सरकारले निर्धारण गरेको छैन । सञ्चालकको जिब्रोमा रेट छ । सिकाउने गाडीहरु थोत्रा र कबाडि छन् । पैसा लिन्छन् बिल दिदैनन् । यसरी जनतालाई ठग्दापनि यातायात व्यवस्था विभाग अनुगमन नगरीकन मस्तसंग निधाएको छ ।

ट्रायल सेन्टर र ड्राईभिङ सेन्टरको लुटको धन्दा कहिले बन्द हुन्छ ? नेपाल सरकारले नागरिकता दिन्छ । तर, ट्रायल पास गरिदिएबापत ठुलो लुटतन्त्र मच्चाई रहेका छन् । यातायातमा दलालीहरुको बिगबिगी छ । दलालीहरुले सेवागाहीसँग पैसा लिएर सेटिङमा काम हुन्छ । दलालीहरुमार्फत काम गर्दा राजश्वमा क्षति पुगिरहेको छ भने जनताले मँहगामा काम गनुपर्ने बाध्यता छ । यातायात कार्यालयका प्रमुखहरु दिनहरु कति वटा काम भयो भनेर बेलुका हिसाब गरेर पैसा दलालीमार्फत लिन्छन् । दलालीहरु खुल्ला रुपमा भनिरहेका हुन्छन्, हाकिमलाई पैसा नदिइकन काम हुँदैन हामीले यो पैसा पनि हाकिमलाई छुटाउनुपर्छ ।

सिधासाधी जनताहरु हाकिमको कोठा काम लिएर जाँदा काम हुँदैन त्यही काम दलालीलाई दियो भने तुरुन्तै हुन्छ । यस्तो दलालीहरुले कब्जा गरेको यातायात कार्यालयमा कहिले सुधार आउँछ होला ? यहाँको भ्रष्टाचार कहिले नियन्त्रण होला ? नयाँ लाईसन्स लिने व्यक्तिहरु प्रत्येक दिन बढिरहेका छन् । १६ बर्षको उमेरमा लाइसेन्स दिँदा धेरै हानि हुन्छ । कलिलै उमेरमै लाइसेन्स दिँदा दुर्घटना बढेको छ । त्यो लाईसन्स मान्छे मार्ने हतियार बनिरहेको छ । सरकारले चाडोभन्दा चाडो यातायात हुने बेतिथि भ्रष्टाचार नियन्त्रण गर्नेका लागि नयाँ ऐन कानुनका लगाउनुपर्छ । अनुगमनमा कडाइ गर्नुपप्यो । सेटिङमा काम प्रवृत्तिमा रोक लगाउनुपर्छ । कर्मचारी जसरी भएपनि कमाउनेधन्दा व्यस्त छन् । यातायातमन्त्रीलाई कार्यकर्ता रिजाउन भ्याई नभ्याई छ । पैसा खाँदै लाइसेन्स बाँड्दै यस्ता दिनको कहिले अन्त्य हुन्छ ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: