काठमाडौं । साताको कारोबारको पाचौँ दिन शुक्रबार नेप्से परिसूचक घटेक छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १५.८२ अंकले घटेर २२२३.७८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २२३ कम्पनीको ४१ लाख ४० हजार ६ सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको १७ करोड ६० लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको १७ करोड ६० लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलाबा मेगा बैंक ,अरुण काबेली पावर, अरुण काबेली पावर,नबिल बैंक र अपर तामाकोशीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी शुक्रबारको सेयर बजारमा रुरु जलविद्युतका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो। यस अलावा नारायणी डेभलपमेन्ट बैंक, उपकर लघुवित्त, मेगा मुउचल फण्ड -१ र एनआइसी एशिया फण्ड – ३० का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै शुक्रबारको सेयर बजारमा दिब्यशोव्री हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ३ प्रतिशत भन्दा धेरैले घटेको हो । दिब्यशोव्रीको सेयरमा यस्तो गिरावट आउँदा हिमाल दोलखा हाईड्रोपावर,कर्णलि डेभलपमेन्ट बैंक र अपर तामाकोशी हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्